२०८३ मंसिर ९ गते मंगलबार

रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’

रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ३ गते बुधबार ०३:४१

उनले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने लक्ष्यसहित सङ्गठन निर्माण र परिचालनमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

काठमाडौँ ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने क्लव बनाएर पार्टी नबन्ने बताएका छन् ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै यस्तो बताएका हुन्

उनले विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह निर्माण गर्दैमा पार्टी सङ्गठन बलियो नहुने टिप्पणी गरे ।

उनले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने लक्ष्यसहित सङ्गठन निर्माण र परिचालनमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

निर्वाचनसम्म आराम नगरी निरन्तर सक्रियता र परिश्रमका साथ अभियानमा जुट्न उनले आग्रह गरे । एमाले सशक्त सङ्गठनसहित निर्वाचनमा होमिने उनले बताए ।

उनले भने, ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी जित्नैपर्ने छ । हामीसँग लड्न आउनेहरु यो निर्वाचनमार्फत सङ्गठन बनाउन खोज्दैछन्, हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, विभिन्नतिरका विभिन्न व्यक्तिहरू यसो प्रभावकारी उम्मेदवार पाइन्छ कि भनेर खोजेर त्यस्ता उम्मेदवार बनाएर चुनाव लड्ने क्लब बनाएर हिड्या छन्, पार्टी त बन्दैन अहिले । त्यसकारण उनीहरु क्लव बनाएर चुनाव लड्ने गरी जाँदैछन् । हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । एउटै मात्रै कुराको, हामीमा आत्मविश्वास र त्यो आत्मविश्वासलाई फलीभूत पार्नका लागि हामीसँग सक्रियताको आवश्यकता छ, क्रियाशीलताको आवश्यकता छ। चुनावसम्म हामी आराम गर्दैनौँ, केही महिना बाँकी छ । आरामको जिन्दगी होइन, परिश्रमको जिन्दगी, सक्रियताको जिन्दगी स्थानीय निकायको निर्वाचनमा भव्य सफलता प्राप्त गर्दासम्म हाम्रो अभियान जारी रहनेछ र हामी त्यसरी अगाडि बढ्नेछौँ ।’

उनले विगतमा निर्वाचन एमालेका लागी असहज भएपनि अब भने नेता तथा कार्यकर्तामा निर्वाचन जित्ने आत्मविश्वास बढेको बताए । त्यसलाई परिणाममा बदल्न सक्रियता र क्रियाशीलता आवश्यक रहेको उनको भनाई छ ।

स्थानीय तह निर्वाचनसम्मको समयलाई आराम गर्ने नभई परिश्रम गर्ने समयका रूपमा लिएर काम गर्न उनले निर्देशन दिए ।

आगामी सबै निर्वाचन एमालेका लागी जित्नैपर्ने दबाब रहेको उनको भनाई छ ।

प्रकाशित मिति २०८३ मंसिर ३ गते बुधबार ०३:४१
हजुरको प्रतिक्रिया