२०८३ साउन २१ गते बिहीबार

विद्यालय बन्दबारेको निर्णय आज हुँदै

विद्यालय बन्दबारेको निर्णय आज हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २६ गते सोमबार १०:१८

काठमाडौँ । सरकारले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म आधारभूत र माध्यमिक तहका विद्यालय...

काठमाडौँ । सरकारले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय हुनेछ ।

सिसिएमसिसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो ।

प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार १०:१८
हजुरको प्रतिक्रिया