२०८३ मंसिर ९ गते मंगलबार

लेट मि इन पोखराको पहिलो वार्षिकोत्सवः सेवाको गुणस्तर र महत्वबारे चर्चा

लेट मि इन पोखराको पहिलो वार्षिकोत्सवः सेवाको गुणस्तर र महत्वबारे चर्चा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ७ गते आइतबार ०३:३८

कार्यक्रममा डर्माटोलोजिस्ट डा. किरण सन्जेलले छालाको स्वास्थ्य, सौन्दर्य तथा डर्माटोलोजी सेवाको महत्वबारे आफ्नो धारणा राखेका थिए ।

पोखरा ।

लेट मि इन पोखराले आफ्नो सञ्चालनको एक वर्ष पूरा गरेको अवसरमा पहिलो वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ ।

पोखरा ट्रेड मलको चौथो तल्लामा आयोजित कार्यक्रममा लेट मि इनका फाउन्डर मा दोङ सु ले संस्थाको स्थापना, उद्देश्य तथा सेवाबारे प्रकाश पार्दै एक वर्षको यात्राबारे जानकारी गराएका थिए ।

त्यसैगरी अर्का फाउन्डर किमिङ क्युङले कार्यक्रमको उद्देश्य तथा संस्थाका गतिविधिबारे जानकारी दिइन् ।

कार्यक्रममा डर्माटोलोजिस्ट डा. किरण सन्जेलले छालाको स्वास्थ्य, सौन्दर्य तथा डर्माटोलोजी सेवाको महत्वबारे आफ्नो धारणा राखेका थिए ।

प्रादेशिक जनस्वास्थ्य कार्यालयका अफिसर रविन्द्र शर्माले संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै स्वास्थ्य तथा सौन्दर्य सेवाको क्षेत्रमा यस्ता संस्थाको भूमिकाबारे चर्चा गरेका थिए ।

त्यस्तै, पोखरा ट्रेड मलका अध्यक्ष दीपक मुल्मीले लेट मि इन पोखराको एक वर्षे यात्राको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगति र सफलताको शुभकामना व्यक्त गरे ।

लेट मि इन पोखराका शाखा प्रमुख (सीईओ) शिवराम तिवारीले संस्थालाई यो स्थानसम्म पु¥याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, सञ्चालक सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे ।

सञ्चारकर्मी तथा कार्यक्रम सञ्चालक सुशील नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी, सञ्चालक सदस्य, शुभेच्छुक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

एक वर्षको सफल यात्रा पूरा गरेको लेट मि इन पोखराले आगामी दिनमा पनि गुणस्तरीय सेवा विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति २०८३ मंसिर ७ गते आइतबार ०३:३८
हजुरको प्रतिक्रिया