२०८३ साउन २१ गते बिहीबार

एमाले कास्कीमा जुटेन सहमति, आज साेमबार मतदान हुने

एमाले कास्कीमा जुटेन सहमति, आज साेमबार मतदान हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २६ गते सोमबार ०२:२१

पाेखरा। नेकपा एमालेको १०औँ जिल्ला अधिवेसन अन्तर्गत कास्कीमा सहमतिको प्रयास तोडिएको छ । धेरै पटकसम्म नेतृत्व टोलीले सहमतिमा कमिटी गठन गर्ने प्रयास गरेपनि त्यो असफल भएको हाे । जिल्ला अध्यक्षका लागि दुई जनाले आइतबार नै मनोनयन दर्ता...

पाेखरा। नेकपा एमालेको १०औँ जिल्ला अधिवेसन अन्तर्गत कास्कीमा सहमतिको प्रयास तोडिएको छ । धेरै पटकसम्म नेतृत्व टोलीले सहमतिमा कमिटी गठन गर्ने प्रयास गरेपनि त्यो असफल भएको हाे । जिल्ला अध्यक्षका लागि दुई जनाले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन् । मनोनयनपछि पनि सहमति खोजिएको थियो ।

आज मतदानको कार्यतालिका छ । सहमतिको लामो प्रयास असफल भएपछि अन्ततः मतदानमा धकेलिएको हो । आजै दिउसाे नेतृत्व चयनका लागि मतदान हुन लागेकाे एमालेका एक नेता बताउनु भएकाे छ । कार्यवहाक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीले अध्यक्षमा उम्मेद्वारी दिनुभएकाे थियाे । उहाँहरुले छुट्टाछुट्टै प्यानल खडा गर्नुभएकाे छ ।

उपाध्यक्षमा बैरागी प्यानलमा प्रभा कोइराला र गुरुङ प्यानलबाट तेजनारायण अधिकारीले मनोनयन दर्ता गर्नुभएकाे छ । सचिवमा गुरुङ प्यानलबाट विष्णु केसी र बैरागी प्यानलबाट बैनबहादुर अधिकारी क्षेत्री तथा सहसचिवमा २-२ जनाको उम्मेदवारी परेको छ ।

बैरागी प्यानलबाट नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) तथा गुरुङ प्यानलबाट इमानराज पौडेल र सुनमाया भुजेलको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

जिल्ला सदस्यमा मादी र रुपा गाउँपालिकाबाट सर्वसम्मत चयन भएको छ । केन्द्रमा सबै अध्यक्ष केपी ओली गुटका भए पनि प्रदेश तहमा उनीहरु विभाजित छन् । गुरुङ पृथ्वीसुब्बा गुरुङको प्यानललाई हाँकिरहनुभएकाे छ भने बैरागीले खगराज अधिकारीको समूहलाई नेतृत्व गर्नुभएकाे छ ।

यहाँ मतदानका लागि ९ सय १४ मतदाता छन् । ७२ वडा रहेको कास्कीमा भूगोल, संघसंगठन र शुभेच्छुक संस्थाबाट मतदाता छानिएका हुन् । यो चुनावले केन्द्रमा सकिएको भनिएको गुटको विजारोपण पनि गर्दैछ ।

प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार ०२:२१
हजुरको प्रतिक्रिया