२०८३ साउन २१ गते बिहीबार

आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २७ गते मंगलबार १०:३४

पोखरा । काेभिड-१९ काे संक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ । २५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार आजदेखि...

पोखरा । काेभिड-१९ काे संक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ ।

२५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएकाे हाे ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएकाे छ ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा काेभिडकाे जाेखिम बढेपछि यस्ताे निर्णय लिनुपरेकाे बताउँछिन् । साथै शिक्षा मन्त्रालयले बिदाकाे अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुराेध गरेकाे छ ।

प्रकाशित मिति २०७८ पुस २७ गते मंगलबार १०:३४
हजुरको प्रतिक्रिया