२०८३ साउन २१ गते बिहीबार

धादिङमा पहिरो : डोजरसहित तीनजना बेपत्ता

धादिङमा पहिरो : डोजरसहित तीनजना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २९ गते बिहीबार १०:४२

काठमाडौं । धादिङमा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्दै गर्दा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । आज बिहान ८ बजेतिर पहिरो खसेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी...

काठमाडौं । धादिङमा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्दै गर्दा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । आज बिहान ८ बजेतिर पहिरो खसेको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उद्धारकार्य भइरहेको जानकारी दिए । ‘‘पहिरो खस्नसाथ स्थानीय प्रहरी टोली परिचालित गरेका छौँ । बेपत्ता तीनजना र डोजर खोजीकार्य जारी छ । डोजर चालक, सहचालक र सडक निर्माण व्यवसायीका एकजना पुरिएको भन्ने छ,” प्रजिअ लम्सालले बाह्रखरीसित भने ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रशासनको भनाइ छ ।

प्रकाशित मिति २०७८ पुस २९ गते बिहीबार १०:४२
हजुरको प्रतिक्रिया