२०८३ साउन २१ गते बिहीबार

आज देशरभरको मौसम

आज देशरभरको मौसम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २९ गते बिहीबार ०१:२२

पोखरा । आज बिहिबार देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले बिहान प्रदेश १,...

पोखरा । आज बिहिबार देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ।

यस्तै, राती पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस २९ गते बिहीबार ०१:२२
हजुरको प्रतिक्रिया