जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक स्थानहरूमा भिडभाड, भेला जमघट, मेला महोत्सव नगर्न सरोकारवाला तथा सर्वसाधारणलाई पुन अपील गरेको छ ।
काेराेना भाइरसलाइ प्रभावकारी नियन्त्रण तथा राेकथाम गर्न, क्वारेन्टाइनकाे व्यवस्थापनमा प्रभावकारी बन्न नसकेकाे कास्की प्रशासन नागरिकलाइ अपिल र अनुराेध गर्ने सवालमा भने मुलुकका अन्य जिल्लाका प्रशासनहरू भन्दा एक कदम अगाडी देखिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बिहीबार एक सूचना जारी गदै प्रशासन कार्यालयले उक्त अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा कोरोना भाइरस सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा धर्म, संस्कृति, तथा सांस्कृतिक कार्यक्रमहरु नगर्न आग्रह गरिएको छ ।
‘यसरी सार्वजनिक सुचना गरेर मासिहरु भेला हुने कार्य निषेध गरेपनि केही सरकारी एवम् गैर सरकारी संस्थाले साधारणसभा लगायतका भिडभाडजन्य कार्यक्रमहरुको आयोजना गर्न लागेको हुनाले यस प्रकारको कार्य अर्को सूचना नआइन्जेल नगर्न आग्रह गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले कानुन विज्ञप्तिमा यदि कोही कानुन विपरित गए संक्रकामक रोग ऐन, २०२० उवम् अन्य प्रचलित कानुन बमोजिम कार्वाहि हुने चेतावनी दिएको छ ।





