२०८३ साउन २१ गते बिहीबार

भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ३० गते शुक्रबार १२:१६

भैरहवा — बुद्धचोकमा शुक्रबार भारतीय मालबाहक ट्रकको ठक्करबाट एक मोटरसाइकल यात्रुको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार, भैरहवाबाट भन्सार नाका हुँदै भारततर्फ जाँदै गरेको युपी ४२ एटी ४३५२ नम्बरको भारतीय...

भैरहवा — बुद्धचोकमा शुक्रबार भारतीय मालबाहक ट्रकको ठक्करबाट एक मोटरसाइकल यात्रुको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार, भैरहवाबाट भन्सार नाका हुँदै भारततर्फ जाँदै गरेको युपी ४२ एटी ४३५२ नम्बरको भारतीय मालबाहक ट्रकले अगाडि रहेको लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ । मृतकको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ ।

प्रकाशित मिति २०७८ पुस ३० गते शुक्रबार १२:१६
हजुरको प्रतिक्रिया