२०८३ साउन २१ गते बिहीबार

गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ २ गते आइतबार १०:४७

चितवन – गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ। शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका- २८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो। अचेत...

चितवन – गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ। शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका- २८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो।

अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए। घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए।

सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैंडाले नै उनलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको भीमसेनले बताए। मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ। यस विषयमा निकुञ्जलाई भने केही जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। घटनाको विषयमा अब बुझ्ने काम हुने उनले प्रतिक्रिया दिए।

प्रकाशित मिति २०७८ माघ २ गते आइतबार १०:४७
हजुरको प्रतिक्रिया