२०८३ साउन २१ गते बिहीबार

लमजुङको एक मात्र विद्यालयमा भूकम्प मापनयन्त्र जडान

लमजुङको एक मात्र विद्यालयमा भूकम्प मापनयन्त्र जडान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ३ गते सोमबार ०१:२५

पाेखरा। लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । बालकल्याण सिस्मोमिटर जडान गर्नेे जिल्लाको पहिलो विद्यालय हो । स्विजरल्यान्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा...

पाेखरा। लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।

बालकल्याण सिस्मोमिटर जडान गर्नेे जिल्लाको पहिलो विद्यालय हो । स्विजरल्यान्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेकोमा उक्त विद्यालय पनि छनोट भएको हो ।

साे यन्त्रले एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ । स्विटजरल्यान्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहनुभएका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले बताउनु भयाे । नेपालका २३ विद्यालयमा यस्ता उपकरण जडान गरिने उहाँले बताउनु भएकाे छ ।

प्रकाशित मिति २०७८ माघ ३ गते सोमबार ०१:२५
हजुरको प्रतिक्रिया