२०८३ साउन २१ गते बिहीबार

तनहुँमा बालविवाह मुद्दामा पाँच जनालाई कैद

तनहुँमा बालविवाह मुद्दामा पाँच जनालाई कैद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ४ गते मंगलबार ०३:२०

तनहुँ । तनहुँ जिल्ला अदालतले बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। साथै उनीहरूलाई...

तनहुँ । तनहुँ जिल्ला अदालतले बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।
साथै उनीहरूलाई जनही पाँच÷पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको जनाइएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिबानाको फैसला भएको हो । दुई जनाको नाम भने खुलाइएको छैन ।

प्रहरीले गएको असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति २०७८ माघ ४ गते मंगलबार ०३:२०
हजुरको प्रतिक्रिया