२०८३ साउन २१ गते बिहीबार

भारतले लम्ब्यायो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध

भारतले लम्ब्यायो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ५ गते बुधबार ०२:२२

काठमाडौँ : भारतले एयर बबल सम्झौता भएका देशबाहेकका देशमा लगाएको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध फेब्रुअरी २८ सम्मका लागि लम्ब्याएको छ । यसअघि मिति तय भएर स्थगित भएका अन्तर्राष्ट्रिय उडानहरू सन् २०२१ डिसेम्बरबाट सञ्चालन...

काठमाडौँ : भारतले एयर बबल सम्झौता भएका देशबाहेकका देशमा लगाएको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध फेब्रुअरी २८ सम्मका लागि लम्ब्याएको छ ।

यसअघि मिति तय भएर स्थगित भएका अन्तर्राष्ट्रिय उडानहरू सन् २०२१ डिसेम्बरबाट सञ्चालन गर्ने निर्णय भएपनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले यस्तो निर्णय गरेको हो ।

एक सर्कुलर जारी गरी महानिर्देशनालयका निर्देशक नीरज कुमारले एयर बबल सम्झौता भएका देशहरूमा भने यो निर्णयले कुनै असर नगर्ने र हुँदै आएका उडानलाई निरन्तरता दिने उल्लेख गरे ।

यो प्रतिबन्ध फेब्रुअरी २८ तारिखको राति १२ बजेसम्म लागू हुनेछ ।

प्रकाशित मिति २०७८ माघ ५ गते बुधबार ०२:२२
हजुरको प्रतिक्रिया