२०८३ साउन २१ गते बिहीबार

पोखराका विद्यार्थीद्वारा बागलुङमा मास्क वितरण

पोखराका विद्यार्थीद्वारा बागलुङमा मास्क वितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ५ गते बुधबार ०४:००

पोखराका विद्यार्थीले बागलुङमा मास्क वितरण गरेका छन् । ट्राफिक प्रहरीको सहकार्यमा उनीहरुले बागलुङ बजारमा माक्स वितरण गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन समुदाय स्तरमा फैलिँदै गर्दा विद्यार्थीहरुले मास्क वितरण...

पोखराका विद्यार्थीले बागलुङमा मास्क वितरण गरेका छन् । ट्राफिक प्रहरीको सहकार्यमा उनीहरुले बागलुङ बजारमा माक्स वितरण गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन समुदाय स्तरमा फैलिँदै गर्दा विद्यार्थीहरुले मास्क वितरण गर्दै सचेतना बढाएको बताएका छन् ।

बागलुङका सर्वसाधारणहरु भाइरसबारे अझै सचेत नभएको भन्दै विद्यार्थीहरुले ट्राफिक प्रहरीसँगको सहकार्यमा मास्क वितरण गरेका हुन् । पोखरा विश्व विद्यालयमा जनस्वास्थ्य विषयमा अध्यन गरिरहेका विद्यार्थीले स्वास्थ जनचेतनामूलक कार्यक्रमअन्तर्गत सदरमुकाममा मास्क तथा सेनिटाइजर वितरण गरेका हुन् ।

स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले जनस्वास्थ्य कार्यक्रमअन्र्तगत बागलुङमा जनचेतनामूलक कार्यक्रम गरेका हुन् । उनीहरुले विभिन्न किसिमका सवारीसाधन चालकलाई मास्क लगाएर मात्रै सवारी साधन चलाउन अनुरोध गर्दै मास्क वितरण गरेका छन् ।

सवारी साधन चलाउने यात्रुहरू र सर्वसाधारणसमेत विना मास्क हिँडडुल गर्ने गरेकाले विद्यार्थीसँग मिलेर मास्क वितरण अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रीनाथ शर्माले जानकारी दिए ।

पोखराबाट बागलुङ आएका विद्यार्थीहरु कोरोना रोकथाममा सक्रिय रुपमा लागिपरे पनि बागलुङका विभिन्न संघ सस्था र स्थानीय विद्यार्थीले भने त्यसतर्फ कुनै भूमिका नखेलेको बताइएको छ ।

प्रकाशित मिति २०७८ माघ ५ गते बुधबार ०४:००
हजुरको प्रतिक्रिया