२०८३ साउन २१ गते बिहीबार

चिनियाँ सेनासँग भारतीय सेनाले माग्यो सहयोग

चिनियाँ सेनासँग भारतीय सेनाले माग्यो सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ६ गते बिहीबार ०४:००

अरुणाञ्चलः एक किशोर बेपत्ता भएपछि भारतीय सेनाले चिनियाँ सेनासँग सहयोग मागेको छ। मिरन तरुन नामक अरुणाञ्चल प्रदेशका किशोर बेपत्ता भएपछि बिहीबार भारतीय सेनाले चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)सँग सहयोग मागेको हो। हिन्दुस्तान...

अरुणाञ्चलः एक किशोर बेपत्ता भएपछि भारतीय सेनाले चिनियाँ सेनासँग सहयोग मागेको छ। मिरन तरुन नामक अरुणाञ्चल प्रदेशका किशोर बेपत्ता भएपछि बिहीबार भारतीय सेनाले चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)सँग सहयोग मागेको हो।

हिन्दुस्तान टाइम्सकाअनुसार अरुणाञ्चल प्रदेशको उपर सियाङ जिल्लास्थित जिदो गाउँका ती किशोर मंगलबार साँझदेखि बेपत्ता बनेका थिए। आफ्ना साथीहरुसँग सीमा क्षेत्रमा सिकार खेल्न गएका ती युवक बेपत्ता बनेका थिए। चीन–भारत सीमा क्षेत्रबाट बेपत्ता बनेका ती किशोरलाई पिएलएले बन्धक बनाएको भारतीय सरकारी अधिकारीहरुको भनाइ थियो।

ती किशोरलाई फिर्ता गराउन भारतीय सेनाले पिएलएको सहयोग मागेको बताइएको छ। यसअघि सन् २०२० सेप्टेम्बरमा पिएलएले अरुणाञ्चलका अन्य पाँच युवकलाई बन्धक बनाएको थियो। बन्धक बनाएको एक हप्तापछि सेनाले उनीहरुलाई सीमा क्षेत्रमा छोडेको थियो।

प्रकाशित मिति २०७८ माघ ६ गते बिहीबार ०४:००
हजुरको प्रतिक्रिया