२०८३ साउन २१ गते बिहीबार

विश्वमा कोरोनाको अन्त्य नहुने !

विश्वमा कोरोनाको अन्त्य नहुने !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ७ गते शुक्रबार १०:३९

काठमाडौँ । कोरोना भाइरसले विश्वलाई नै अस्तव्यस्त बनाएको छ । महामारी कहिले अन्त्य हुने हो कसैले अनुमान गर्न सकेको छैन । कोरोनाको अन्त्य हुने/नहुनेबारे विश्वमा बहस भइरहँदा स्वास्थ्यविज्ञहरुले कोरोना भाइरसको अन्त्य नहुने बताएका...

काठमाडौँ । कोरोना भाइरसले विश्वलाई नै अस्तव्यस्त बनाएको छ । महामारी कहिले अन्त्य हुने हो कसैले अनुमान गर्न सकेको छैन ।

कोरोनाको अन्त्य हुने/नहुनेबारे विश्वमा बहस भइरहँदा स्वास्थ्यविज्ञहरुले कोरोना भाइरसको अन्त्य नहुने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अब कोरोना भाइरसको अन्त्य नहुने बताए । प्रत्येक मौसममा कोरोना सङ्क्रमण देखिनुले पनि यो कुरालाई पुष्टि गरेको उनको भनाई छ ।

पूर्ण रूपमा नहटे पनि सानो सङ्ख्यामा रहिरहने डा. पुनले बताए । उनकाअनुसार नेपालमा कोरोना सङ्क्रमण दर अझै केही हप्ता बढ्दै जानेछ । आगामी दुई हप्तासम्म कोरोना सङ्क्रमण बढ्दै जाने र त्यसपछिका दिनमा घट्ने उनले बताए । ‘यो तथ्यमा आधारित हुन्छ, भन्ने बित्तिकै मिल्छ भन्ने छैन,’ उनले भने, ‘तर मेरो बुझाइमा सामान्यतया करिब दुई हप्तासम्ममा बढेर बिस्तारै बिस्तारै खट्किन्छ भन्ने हो ।’

डा. पुनले कोरोना सम्बन्धी नयाँ तथ्याङ्क अहिले पत्ता नलागेको भन्दै कोरोना खोपको अभाव पनि नरहेको बताए । ‘कोरोना खोपको अभाव छैन । लगाउनेले लगाइ रहेका छन्’, उनले भने । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्रकाशित मिति २०७८ माघ ७ गते शुक्रबार १०:३९
हजुरको प्रतिक्रिया