२०८३ कात्तिक ११ गते मंगलबार

पोखराको फेवातालमा पर्यटक मृत फेला

पोखराको फेवातालमा पर्यटक मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ७ गते शुक्रबार ०१:३०

पोखरा । पोखराको फेवातालमा एक विदेशी पर्यटक मृत फेला परेका छन् । बिहीबार दिउसो बेलायती नागरिक मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ । पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा पासपोर्टमा मार्क सुट नाम उल्लेख भएका ४६...

पोखरा । पोखराको फेवातालमा एक विदेशी पर्यटक मृत फेला परेका छन् ।

बिहीबार दिउसो बेलायती नागरिक मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा पासपोर्टमा मार्क सुट नाम उल्लेख भएका ४६ वर्षीय पुरूष तैरिरहेको अवस्थामा फेला परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

मृतकको साथमा भेटिएको पासपोर्टमा उनी २०१९ मा नेपाल आएको थाहा भएको छ । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ माघ ७ गते शुक्रबार ०१:३०
हजुरको प्रतिक्रिया