२०८३ कात्तिक ११ गते मंगलबार

कोरोनाले पर्वतकी २३ वर्षीया युवती र गाेरखामा १ काे मृत्यु

कोरोनाले पर्वतकी २३ वर्षीया युवती र गाेरखामा १ काे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ७ गते शुक्रबार ०३:३१

कोरोना संक्रमणका कारण शुक्रबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्ला गोरखा नगरपालिका -११ निवासी ४० वर्षीय पुरुषमा गत बिहीबार कोरोना संक्रमण पुष्टि भइ गोरखा अस्पताल...

कोरोना संक्रमणका कारण शुक्रबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्ला गोरखा नगरपालिका -११ निवासी ४० वर्षीय पुरुषमा गत बिहीबार कोरोना संक्रमण पुष्टि भइ गोरखा अस्पताल भर्ना भएका उनको बिहीबार नै मृत्यु भएको हो।

यस्तै पर्वत जिल्ला कुस्मा नगरपालिका -१३ निवासी २३ वर्षीया युवतीको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ।

गत बुधबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएकी उनको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १४३२ पुगेको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति २०७८ माघ ७ गते शुक्रबार ०३:३१
हजुरको प्रतिक्रिया