२०८३ साउन २१ गते बिहीबार

नेपालमा एकैदिन थपिए १० हजार ७०३ संक्रमित

नेपालमा एकैदिन थपिए १० हजार ७०३ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ७ गते शुक्रबार ०४:३३

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो...

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा कोरोना परीक्षण गरिएको थियो।

देशभर ६५ हजार ३ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ छ।

यस्तै ७६६ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १९ हजार ५ सय ७५ पुगेको छ।

यस्तै कोरोनाबाट निको हुनेको दर ९१.४ प्रतिशत छ।

काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका छन्।

प्रकाशित मिति २०७८ माघ ७ गते शुक्रबार ०४:३३
हजुरको प्रतिक्रिया