२०८३ साउन २१ गते बिहीबार

पोखराको २० नं वडा कार्यालय ५ दिनका लागि सिल

पोखराको २० नं वडा कार्यालय ५ दिनका लागि सिल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ९ गते शुक्रबार १०:५२

पोखरा । पोखरा महानगरपालिका वडा नं २० को कार्यलय सिल गरिएको छ । वडा नं २० मा संक्रमण देखीएका सेवाग्राही वडा कार्यालयमा सेवा लिन आएको पुष्टि भएपछि कार्यालय सिल गरिएकाे वडाध्यक्ष सिम गुरुङले जानकारी दिए । ‘एकै परिवारका तीन जनामा...

पोखरा । पोखरा महानगरपालिका वडा नं २० को कार्यलय सिल गरिएको छ ।

वडा नं २० मा संक्रमण देखीएका सेवाग्राही वडा कार्यालयमा सेवा लिन आएको पुष्टि भएपछि कार्यालय सिल गरिएकाे वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।

‘एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएकाे र उनीहरुमध्य आमाछोरा नाता प्रमाणित गर्न आएका थिए , मैले नै प्रमाणित गरे । उनीहरुमा कोरोना पोजेटिभ आएपछि महानगर प्रमुखसंग सल्लाह गरेर सिल गरेका हौं ‘,उनले भने ।

वडा कार्यालय ५ दिन सम्मका लागी सिल गरिएको उनले बताए ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार १०:५२
हजुरको प्रतिक्रिया