२०८३ साउन २१ गते बिहीबार

दाउन्‍नेमा पहिरोका कारण बस भिरमा खस्यो

दाउन्‍नेमा पहिरोका कारण बस भिरमा खस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ९ गते शुक्रबार ११:०५

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोका कारण सार्वजनिक बस भिरबाट खस्दा १ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर...

एक जनाको मृत्यु, ७ जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोका कारण सार्वजनिक बस भिरबाट खस्दा १ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भीरबाट खसेको हो । दुर्घटनामा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको ज्यान गएको छ ।

बस भीरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन् ।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो ।

पहिरोेका कारण बस खस्दा अन्य ६ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।
पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि शुक्रबार बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दाउन्ने खण्डमा सानाठूला गरी ६ वटा पहिरो खसेको थियो ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ११:०५
हजुरको प्रतिक्रिया