२०८३ साउन २१ गते बिहीबार

थप नगर प्रहरी भर्ती गर्दै पोखरा महानगर

थप नगर प्रहरी भर्ती गर्दै पोखरा महानगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ साउन ३० गते सोमबार १०:२४

पोखरा महानगरपालिकाले थप नगर प्रहरी भर्ती गर्ने भएको छ । पोखरा महानगरपालिकाका निम्ति आवश्यक नगर प्रहरी अपुग भएको भन्दै थप २० जना भर्ती गर्न लागेको हो । महानगरमा अहिले ३० जना नगर प्रहरी छन् । पालिकाको कामलाई व्यवस्थित गर्न, फुटपाथ...

पोखरा महानगरपालिकाले थप नगर प्रहरी भर्ती गर्ने भएको छ । पोखरा महानगरपालिकाका निम्ति आवश्यक नगर प्रहरी अपुग भएको भन्दै थप २० जना भर्ती गर्न लागेको हो । महानगरमा अहिले ३० जना नगर प्रहरी छन् ।

पालिकाको कामलाई व्यवस्थित गर्न, फुटपाथ हटाउनेदेखि नियम बिपरीत बनेका संरचना भत्काउने र महानगरको नीति कार्यान्वयन गर्न नगर प्रहरीको संख्या ५० पु¥याउने गत साउन २४ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

पोखरा महानगरमा डिएसपीको नेतृत्वको नगर प्रहरी हुने व्यवस्था छ । तर, अहिले डिएसपी पद रिक्त भएको र छिट्टै त्यसको पनि पदपूर्ती गर्ने योजना रहेको सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति २०७९ साउन ३० गते सोमबार १०:२४
हजुरको प्रतिक्रिया