२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरको सेवा लिन अब कोठाकोठा डुल्नु नपर्ने !

पोखरा महानगरको सेवा लिन अब कोठाकोठा डुल्नु नपर्ने !

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ भदौ १० गते शुक्रबार ०५:१३

पोखरा, १० भदौ अधिकांश सरकारी कार्यालयमा फाइल बोकेर शाखा शाखामा ढोका ढक्ढक्याउदै ओहोरदोहोर गर्नुपर्ने सास्तीले सेवाग्राही हैरान छन् । काम बन्ने आश्वासनमा कार्यालयमा सेवाग्राहीले छाडेको फाइल कर्मचारीको हेलचक््रयाइँले गायब...

जनताले गुनासो गर्न ११८१ मा फोन

पोखरा, १० भदौ
अधिकांश सरकारी कार्यालयमा फाइल बोकेर शाखा शाखामा ढोका ढक्ढक्याउदै ओहोरदोहोर गर्नुपर्ने सास्तीले सेवाग्राही हैरान छन् । काम बन्ने आश्वासनमा कार्यालयमा सेवाग्राहीले छाडेको फाइल कर्मचारीको हेलचक््रयाइँले गायब हुन्छ ।

फेरि, नयाँ फाइल बोकेर कार्यालय धाउनुुपर्दा सरकारीले कार्यालयको सेवा सेवाग्राहीमैत्री नभएको यत्रतत्र गुुनासो सुनिन्छ । यिनै सास्तीलाई हटाउँदै सेवाग्राहीलाई सहज तवरले सेवा प्रवाह गर्न भौगोलिक रुपमा देशकै ठूलो महानगरपालिका पोखरा महानगरले एकद्वार प्रणालीको सुरुआत गरेको छ ।

शुक्रबारदेखि महानगरले एकद्वार प्रणाली सुरुआत गरेको हो । एकद्वार प्रणालीले फाइल बोकेर हरेक शाखामा धाउनुुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य गर्ने महानगर प्रमुख धनराज आचार्यको दाबी छ । उनका अनुसार सेवाग्राहीको फाइल बोक्न पाँच जना कर्मचारी खटाउनेछ ।

महानगरको पहिलो तलामा महानगर प्रमुखको सचिवालय, उपप्रमुखको सचिवालय, प्रमुख प्रशासकीय प्रमुखेदेखी बैंकको काउण्टर, राजस्व, पुर्वाधार, पञ्जीकरण, घरनक्सा लगायतका ११ काउन्टर छन् । तिनै काउन्टरमा सेवाग्राहीले फाइल बुुझाएपछि कर्मचारीले सम्बिन्धत शाखामा पुु¥याई काम सम्पन्न गराएर ल्याउने उनले बताए ।

‘काउन्टरमा आएपछि फाइल बुझ्ने टिम छ । उहाँहरुले सबै फाइल हेर्नुहुन्छ । सबै फाइल हेरेर नपुगेको छ भने त्यहीनेर थपेर ल्याउनुस भन्नुहुन्छ,’ आचार्यले भने, ‘आज नहुने काम छ भने कहिले हुन्छ यति दिनपछि आउनुस भन्नुहुन्छ ।’
सेवाग्राहीलाई कम झन्झटमा महानगरमा काम होस् भन्ने उद्देश्यले एकद्वार प्रणाली लागू गरिएको प्रमुख आचार्यको भनाइ छ । ‘पुरानो भवनमा रहेको महानगरको कार्यालयमा एकैपटक सेवाग्रही भित्र पस्दा कार्यसम्पादनमा समस्या भएकाले चुस्त दुरुस्त काम गर्नलाई एकद्वार प्रणालीको थालनी भएको हो,’ उनले भने ।

जनताको गुनासो सुन्न ‘हेलो मेयर’

महानगरले जनताको गुनासो सुन्न ‘हेलो मेयर’ कार्यक्रम पनि शुक्रबारबाटै औपचारिक सुरु भएको छ । प्रमुख आचार्यले आफ्नो घोषणा पत्रमै एक महिनाभित्र हेलो मेयर कार्यक्रम ल्याउने उल्लेख गरेका थिए ।

महानगरले प्रवाह गर्ने सेवासम्बन्धि कुनै गुनासो भएमा ११८१ मा फोन गरेर टिपाउन सक्नेछन् । यो नम्बरमा फोन लाग्दा शुल्क नलाग्ने महानगर प्रमुख आचार्यले उल्लेख गरे । बिहान साढे ९ बजेदेखि साँझ बजेसम्म टोल फ्रि नम्बरमा फोन गरेर जनताले गुनासो राख्न सक्ने उनले बताए । गुनासो धेरै आएमा समयावधि बढाउने उनको भनाइ छ । ‘कार्यालयसँग सम्बन्धित समस्या टेलिफोनमा टिपाएपछि सम्बन्धित शाखामा लगरे समाधान गरिनेछ,’ उनले भने ।

एकद्धार प्रणाली काउण्टर अन्तर्गत स्थापान गरिएको प्रमुखको सचिवालयमा ‘हेलो मेयर’ कार्यक्रमको थालनी गरिएको हो । प्रमुखलाई भेटघाट गर्नलाई महानगरबासीले यही कक्षमा दिनको एक घण्टा समय पाउनेछन् । पोखरामै भएको बेला महानगर प्रमुख आचार्य दिनको २ देखि ३ बजेसम्म भेटघाटका लागि समय तोकिएको छ ।

 

प्रकाशित मिति २०७९ भदौ १० गते शुक्रबार ०५:१३
हजुरको प्रतिक्रिया