२०८३ साउन २१ गते बिहीबार

थुम्को रिसोर्ट सञ्चालनमा आउँदै

थुम्को रिसोर्ट सञ्चालनमा आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ९ गते शुक्रबार ०२:२८

पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो अर्घौ अर्चलेमा  ‘थुम्को रिसोर्ट’ सञ्चालनमा आउने भएकाे छ । करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको प्रारम्भिक लगानी झण्डै २ करोड रुपैयाँ रहेको संचालक प्रकाश रानाभाट रानाभाटले...

पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो अर्घौ अर्चलेमा  ‘थुम्को रिसोर्ट’ सञ्चालनमा आउने भएकाे छ ।

करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको प्रारम्भिक लगानी झण्डै २ करोड रुपैयाँ रहेको संचालक प्रकाश रानाभाट रानाभाटले बताए ।

रिसाेर्ट निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भैसकेकाे छ भने हाल २ वटा स्विट रुम तथा ५० जना सम्मको क्याम्पिङ टेन्ट मार्फत सेवा समेत शुरू भएकाे सञ्चालक रानाभाटकाे भनाइ छ ।

रिसोर्टबाट अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गत माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मर्दी हिमालको दृष्य देख्न सकिन्छ । 

 

 

 

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०२:२८
हजुरको प्रतिक्रिया