पोखरा
कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतबार सकिएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए ।
प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३.१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५ सय ५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । त्यसै गरी बुल्स जिमका चेतबहादुर थापाले ४ सय ४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४ सय ३५ उठाएर कास्य पदक जिते।
त्यसै गरी ६६.१ देखि ७४ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै करण ताज्याले स्वर्ण जिते । ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए । त्यस्तै बिकास गुरुङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते ।
त्यस्तै ७४.१ देखि ८३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत पदक जिते । त्यस्तै बबिन पुनले ४३० केजी उठाएर कास्य जिते। त्यस्तै ५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश बिबेक गुरुङ (४४० केजी ), विवेक खडका ( ४०२.५ केजी ) र मौलादीन मिया ( ३२० केजी ) पहिलो, दोस्रो र तेस्रो भए ।
त्यस्तै ५९ केजी भन्दा कम तौल समूह बीच भएको प्रतिस्पर्धामा क्रमश किसन गुरुङ ( ३४२.५ केजी ), सन्देश गुरुङ ( ३४० केजी ) र युनिक गुरुङ ( ३१२.५ केजी ) पहिलो, दोस्रो र तेस्रो भए ।
९३ केजी भन्दा बढी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । त्यस्तै क्रमश सुमिन परियार ( ४५७.५ केजी ) र प्रथम श्रेष्ठ ( ४५२.५ केजी ) दोस्रो र तेस्रो भए ।
महिला तर्फ भएको ६३ केजी भन्दा बढी तौल समुहमा व्यायामशालाका शर्मिला शाह ( ३९० केजी ) ले स्वर्ण पदक जितिन्। त्यस्तै सरस्वती गुरुङ ( ३३२ .५ केजी ) र गुडु थापा ( ३२३ केजी ) क्रमश दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर ( २७५ केजी ) , एनिमाया दर्जी ( २४४ केजी ) र सोनी गुरुङ ( २४१ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।
त्यस्तै ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर ( २७५ केजी ) , एनिमाया दर्जी ( २४४ केजी ) र सोनी गुरुङ ( २४१ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५ केजी भन्दा कम तौल समूहमा क्रमश सपना गुरुङ ( २७७ .५ केजी ) , पदमा थापा ( २७० केजी ) र सुस्मिता पौडेल ( २२३ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।
प्रतियोगिताको उद्घाटन राखेप सदस्य राजेश गुरुङले गरेका थिए । गुरुङले पावरलिफ्टिङ खेलको बिकासमा आफू लाग्ने प्रतिबद्दता जनाए। त्यस्तै प्रतियोगिताको समापनमा कार्यक्रम बोल्दै कास्की जिल्ला पावरलिफ्टिङ संघ अध्यक्ष हसन गुरुङले यस्ता प्रतियोगिता आयोजना गर्नले पावरलिफ्टिङ खेलको प्रवर्धन हुने र यस सम्बन्धि खेलाडीहरुले प्लेटफर्म पाउने बताएका छन्।
अहिले हामीसंग खेलको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका खेलसाम्रगी छैन। जसले गर्दा खेल खेल्दा र खेलाउदा समस्या भैरहेको अवस्था छ, ’ गुरुङले भने, ’अबको दिनमा यस खेलको बिकासको लागि निरन्तर लागिरहनेछु। सम्बन्धित निकायमा गएर खेल र खेलाडीको लागि आवाज उठाउने छु। ’ अध्यक्ष गुरुङ पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । उनले भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टीङ फेडरेसनले आयोजना गरेको २१ औँ विश्व पावर लिफ्टीङमा नेपालको लागि स्वर्ण पदक जितेका थिए।
प्रकाशित मिति २०७९ भदौ २१ गते मंगलबार ०१:५६




