पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मौजाबासीका समस्यालाई समाधान गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार पोखरा २० मौजामा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘मौजामा देखिएको सडक, सिँचाई, शिक्षा, खानेपानी लगायतका समस्यालाई समाधान गर्न म तत्पर छु । स्थानीयहरुको साथ समर्थन र सहयोगले नै विकास सम्भव छ ।’
मन्त्री थापाले विकासमा राजनीति नगर्नसमेत आग्रह गरे । मन्त्री थापाले प्रदेश सरकार विकासको बाधक नभएको प्रष्टाउनुभयो । उहाँले स्थानीय सरकारसँग समन्वय गर्दै मौजाको समस्यालाई समाधान गर्ने बताए ।
मन्त्री थापाले काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोसमेत निरीक्षण गरेका गरेका थिए । ‘काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोको अवस्था खराब रहेछ । यसको स्तरउन्नतिका लागि डिपीआर तयार गरेर आउनुहोस् । आवश्यक बजेट विनियोजन गरौंला,’ उनले भने । मौजालाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने उनले उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आशबहादुर गुरुङले स्थानीयको चाहानाअनुरुप नै आफूले काम गर्दै आएको बताए । उनले आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई पहिलो प्राथामिकतामा राखेर जग्गा उपलब्ध गराउँदै आएको दाबी गरे ।
प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार ०५:२६




