२०८३ साउन २१ गते बिहीबार

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगितामा नेपालले शनिबार २ स्वर्ण पदक हात पार्न सफल

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगितामा नेपालले शनिबार २ स्वर्ण पदक हात पार्न सफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ८ गते शनिबार ०८:३८

नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल

पोखरा । खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ जुनियर क्यूरोगी तर्फको इभेण्टमा नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ अन्र्तगत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण पदक प्राप्त गर्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने शुप्रिया गुरुङले स्वर्ण पदक दिलाएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए ।
उक्त जुनियर तर्फको क्यूरोगी तर्फको इभेण्टमा भारतले भने ८ स्वर्ण पदक ल्याउन सफल भएको छ । त्यसै गरी दक्षिण कोरीयाले भने ३ स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको संघले जनाएको छ ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्सेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याटमिन्टनको हलमा खेलहरु भईरहेका छन् ।

उक्त प्रतियोगितामा नेपाल सहित,भारत, पाकिस्तान, श्रीलङका, अमेरीका, बंगलादेश लगायतका १३ देशका १ हजार ३ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको संघ गण्डकीका सचिव रमेश पौडेलले बताए ।

प्रकाशित मिति २०७९ असोज ८ गते शनिबार ०८:३८
हजुरको प्रतिक्रिया