२०८३ साउन २१ गते बिहीबार

मनास्लुमा हराएकी स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्

मनास्लुमा हराएकी स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १२ गते बुधबार ०१:०२

स्की गरेर झर्ने क्रममा आफ्नो पार्टनर जिम मोरिसनसंग रहेकी नेल्सन तल खस्न पुगेकी थिइन् । 

१२ असोज, काठमाडौं । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । ४९ वर्षीया अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा आएको हिमपहिरोका कारण उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । स्की गरेर झर्ने क्रममा आफ्नो पार्टनर जिम मोरिसनसंग रहेकी नेल्सन तल खस्न पुगेकी थिइन् ।

नेल्सनले दुइ दशकको अवधिमा ४० भन्दा बढी स्की आरोहणको एक्सपिडिसन गरिसकेकी थिइन् ।

नेल्सन २४ घण्टामा ८ हजार मिटरको दुईवटा हिमाल सगरमाथा र ल्होत्से आरोहण गर्ने पहिलो महिला पनि थिइन् । उनले उक्त रेकर्ड सन् २०१२ को मे २५ मा बनाएकी इिन् ।

 

 

प्रकाशित मिति २०७९ असोज १२ गते बुधबार ०१:०२
हजुरको प्रतिक्रिया