२०८३ साउन २१ गते बिहीबार

आज विश्व मुटु दिवस

आज विश्व मुटु दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १३ गते बिहीबार १२:०१

नेपालमा प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिन्छन् ।

काठमाडौं, १२ असोज । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिन्छन्

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिने गरेका छन् । नेपालमा हाल हृदयाघातबाट प्रभावितको वास्तविक तथ्यांक उपलब्ध छैन, तर अस्पतालहरूको तथ्यांक हेर्दा यो संख्या प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार पछिल्लो ६ वर्षमा हृदयाघातका बिरामी तीन गुणाले बढेको छ ।

देशभरबाट मुटुका बिरामी रिफर भएर आउने गंगालाल अस्पतालमा सन् २०११ देखि २०१५ सम्म हृदयाघात भएर आउने संख्या ४० प्रतिशतले बढेको पाइएको थियो । यस्तै, सन् २०१८ मा गरिएको अध्ययनले हृदयाघातका बिरामी प्रत्येक वर्ष बढ्दै गएको देखाएको थियो । हृदयाघातबाट हुने मृत्युदरसमेत उच्च रहेको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति २०७९ असोज १३ गते बिहीबार १२:०१
हजुरको प्रतिक्रिया