२०८३ साउन २१ गते बिहीबार

युक्रेनका चार क्षेत्र रुसमा गाभिने

युक्रेनका चार क्षेत्र रुसमा गाभिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १३ गते बिहीबार ०३:४८

रुस ९मस्को० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक विशेष समारोहबीच युक्रेनका थप चारवटा क्षेत्र रुसी भूभागमा गाभिने औपचारिक पत्रमा हस्ताक्षर गर्ने भएका छन् । रुसले ती क्षेत्र आफ्नो भूभागमा गाभ्ने विषयमा हालै जनमतसंग्रह गराएको...

रुस ९मस्को० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक विशेष समारोहबीच युक्रेनका थप चारवटा क्षेत्र रुसी भूभागमा गाभिने औपचारिक पत्रमा हस्ताक्षर गर्ने भएका छन् ।

रुसले ती क्षेत्र आफ्नो भूभागमा गाभ्ने विषयमा हालै जनमतसंग्रह गराएको थियो । मताधिकार प्रयोग गर्नेहरूले व्यापक सहयोग र समर्थन प्रदर्शन गरेको रुसले दाबी गरेको थियो ।

तर, पश्चिम जगत र युक्रेनले भने जनमतसंग्रहलाई ‘बहाना मात्रै भएको’ भन्दै आलोचना गरेका थिए ।

पूर्वी युक्रेनका दोनत्स्क र लुहान्स्क तथा दक्षिणी क्षेत्रका जापोरिझझिया तथा खेर्सोनमा पाँचदिन लगाएर उक्त मतदान सम्पन्न गराइएको हो ।

हस्ताक्षर कार्यक्रमको दौरान पुटिनले क्रेमलिनमा ‘विशेष तथा महत्वपूर्ण भाषण’ दिने कार्यक्रम पनि रहेको छ ।

यसअघि नै रेडस्क्वायरमा ठूलो मन्च बनाएर ती चार क्षेत्र रुसको स्वामित्वमा आइसकेको सूचना विलवोर्डमार्फत प्रदर्शन गर्ने काम सुरु भइसकेको छ ।

सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियामा यसरी नै जनमतसंग्रह गराएर त्यसलाई आफ्नो भूभागमा गाभेको थियो ।

यसैगरी यी चार क्षेत्रमा अवैध चुनाव गराइएको भन्दै युरोपेली संघले रुसमाथि नाकाबन्दी लगाउने प्रतिबद्धता जनाइसकेको छ ।

प्रकाशित मिति २०७९ असोज १३ गते बिहीबार ०३:४८
हजुरको प्रतिक्रिया