२०८३ साउन २१ गते बिहीबार

मनास्लुमा फेरि हिमपहिरो: एकजना बेपत्ता

मनास्लुमा फेरि हिमपहिरो: एकजना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १७ गते सोमबार १०:३६

गोरखा। मनास्लु हिमालमा पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार हिजो दिउँसो करिब २ बजे खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् । गोरखाकै चुमनुव्री गाउँपालिका–१...

गोरखा। मनास्लु हिमालमा पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार हिजो दिउँसो करिब २ बजे खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् । गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको उनले जानकारी दिए ।

अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताए । उनका अनुसार सिम्रिक र एभरेस्टको हेलिकोप्टरबाट उद्धारकर्ता बेपत्ताको खोजीमा जुटेका छन् ।

हिमाल आरोहीका नेपाली सहयोगी बेपत्ता भएका हुन् । उनको परिचय खुल्न बाँकी रहेको एसपी खनालले जानकारी दिए ।

उनका अनुसार मनास्लुको दोस्रो बेसक्यापबाट पहिलो बेसक्यामतर्फ हिमपहिरो खसेको हो । हिमपहिरोको समयमा त्यहाँ चारजना रहेका थिए । तीनजना भने सकशुल फिर्ता भएको उनले बताए ।

सोमबारै बिहान पनि सो क्षेत्रमा हिमपहिरो खसेको थियो । त्यसक्रममा केही टेन्टमा क्षति पुगेको थियो ।

यसअघि, यही असोज १० गते मनास्लुको तेस्रो बेसक्याम्पमा हिमपहिरो खसेको थियो । त्यति बेला एकजनाको मृत्यु र केही व्यक्ति घाइते भएका थिए ।

प्रकाशित मिति २०७९ असोज १७ गते सोमबार १०:३६
हजुरको प्रतिक्रिया