२०८३ साउन २१ गते बिहीबार

पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघ्यो

पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २० गते बिहीबार ११:११

काठमाडौं । अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ । राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर...

काठमाडौं । अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ ।

राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा ६.१० मिटर पुगेको छ ।

पश्चिम राप्तीमा बाढी बढेपछि फत्तेपुर, कम्दी लगायतका स्थान जोखिममा पर्छन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।

प्रकाशित मिति २०७९ असोज २० गते बिहीबार ११:११
हजुरको प्रतिक्रिया