२०८३ साउन २१ गते बिहीबार

एकीकृत समाजवादीको उम्मेदवारहरुको लाग्यो टुंगो

एकीकृत समाजवादीको उम्मेदवारहरुको लाग्यो टुंगो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २२ गते शनिबार १०:०६

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या...

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो ।

पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए ।

एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुनेछन् ।

यसैगरी कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१बाट उम्मेदवार बन्ने छन् ।

प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति २०७९ असोज २२ गते शनिबार १०:०६
हजुरको प्रतिक्रिया