२०८३ साउन २१ गते बिहीबार

मनाङबाट दीपक मनाङे निर्विरोध

मनाङबाट दीपक मनाङे निर्विरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ११:५४

मनाङका विरुद्धमा प्रमुख दल नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन र नेकपा एमाले कसैले पनि उम्मेदवारी खडा गरेनन् । एक जना दोर्जे गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदजार दोर्जे गुरूङले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए ।

मनाङेका विरुद्धमा प्रमुख दल नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन र नेकपा एमाले कसैले पनि उम्मेदवारी खडा गरेनन् । एक जना दोर्जे गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले पनि उम्मेदवारी फिर्ता निवेदन दिएपछि निर्विरोध निर्वाचित भएको मनाङका सहायक निर्वाचन अधिकृत तारानाथ बडुले जानकारी दिए ।

‘अरु कुनै पनि पार्टीको उम्मेदवारी छैन । स्वतन्त्रले पनि उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भए,’ बडुले भने, ‘१ बजे निर्विरोध भएो घोषणा हुनेछ ।’
मनाङले सुरुमा गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर, मनोनयन गर्नुअघि आफूले गठबन्धन छोडिसकेको बताएका थिए ।

गुरुङ अहिले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन् । नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुल मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक बहुमत जुटाएर मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बने ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए । उनैको जगमा उभिएर कांग्रेसका कृष्णचन्द्र पोखरेल नेतृत्वको ५ दलीय सरकार बनेको थियो । यो सरकारमा पनि उनी युवा तथा खेलमन्त्री नै बन्न सफल भएका थिए ।

अघिल्लो प्रदेश सभा निर्वाचनमा उनी एमालेको समर्थनमा चुनाव जितेका थिए ।

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ११:५४
हजुरको प्रतिक्रिया