२०८३ साउन २१ गते बिहीबार

तनहुँमा पाँच जनाको उम्मेदवारी फिर्ता

तनहुँमा पाँच जनाको उम्मेदवारी फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ०३:०९

पाँच जनाले फिर्ता लिएसँगै ५७ जनाको उम्मेदवारी कायम भएको छ ।

पोखरा

संसदीय निर्वाचनमा उम्मेदवारी दिएका तनहुँका ५ जनाले अन्तिम समयमा आएर उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका एकसहित पाँच उम्मेदवारी फिर्ता लिएका हुन् । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका विश्व बास्तोलाले उम्मेदवारी फिर्ता लिए । उनले स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशी समूहलाई सघाउने बुझिएको छ ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव रहेका बास्तोला गत स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा उठ्न खोजेका थिए । पार्टीले बैकुण्ठ न्यौपानेलाई दोहोर्यारउँदै टिकट दिएपछि असन्तुष्ट भएर बास्तोलाले पार्टी छाडेका हुन् । उनी पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल निटक थिए ।

यस्तै, तनहुँ १ (क) मा स्वतन्त्र उम्मेद्वारी दिएका नागेन्द्र पौडेलको पनि उम्मेदवारी फिर्ता भएको छ । नेपाली कांग्रेस व्यास नगर कार्य समितिका कोषाध्यक्ष रहेका पौडेलले मनोनयन दर्ताको केही दिन अगाडि मात्रै राजीनामा दिँदै उम्मेदवारी दर्ता गराएका थिए ।

तनहुँ २ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमकुमार श्रेष्ठ, कांग्रेस (विपी) का डा. शेषरमण न्यौपानेले उम्मेदवारी फिर्ता लिए । २ (ख) मा जसपाबाट पूर्णबहादुर गुरुङले पनि फिर्ता लिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा प्रतिनिधि र प्रदेश सभामा ६२ जनाको उम्मेदवारी परेको थियो । पाँच जनाले फिर्ता लिएसँगै ५७ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०३:०९
हजुरको प्रतिक्रिया