२०८३ साउन २१ गते बिहीबार

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका खेलाडी थापाको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका खेलाडी थापाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ०१:४३

१ सय मिटर माथिबाट उक्त प्याराग्लाइडिङ जमिनमा खसेको थियो ।

पोखरा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलमा सहभागी एक प्रतियोगीको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार त्रिभुवन आर्मीका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । प्याराग्लाइडिङ दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा दिउँसो १२ः ४५ बजे मृत्यु भएको प्रहरीले बताएको छ । थापा पोखरा १० हस्पिटलचोक निवासी हुन् । उनी आज साढे ११ बजे दुर्घटनामा परेका थिए ।

पोखराको सराङकोटस्थित क्रस कन्ट्री प्याराग्लइडिङ खेल भइरहेको र उडिरहेको प्याराग्लाइडिङ एक्कासी जमिनमा बजारिँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार १ सय मिटर माथिबाट उक्त प्याराग्लाइडिङ जमिनमा खसेको थियो ।

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०१:४३
हजुरको प्रतिक्रिया