२०८३ साउन २१ गते बिहीबार

आर्मीको पहिलो गोल निसिमप्रति समर्पण

आर्मीको पहिलो गोल निसिमप्रति समर्पण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ०५:३३

गोलपछि आर्मीका खेलाडीले कुनै पनि उत्साहपूर्ण सेलिब्रेसन गरेनन् । उनीहरु प्रशिक्षक रहेको लाइन नजिक गएर केहीबेर शीर झुकाएर मौन बसे ।

पोखरा । नवौं राष्ट्रिय खेलकुदको फुटबलमा नेपाल आर्मीले नेपाल पुलिसविरुद्ध गरेको गोल खेलका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति समर्पण गरेको छ ।

पोखरा रंगशालामा भएको फुटबलमा आर्मीले नेपाल पुलिसविरुद्ध गरेको गोल थापाप्रति समर्पण गरेको हो ।

गोलपछि आर्मीका खेलाडीले कुनै पनि उत्साहपूर्ण सेलिब्रेसन गरेनन् । उनीहरु प्रशिक्षक रहेको लाइन नजिक गएर केहीबेर शीर झुकाएर मौन बसे ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका थापाको मृत्यु भएको थियो ।

उनको निधनपछि प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडान पनि रोकिएको छ ।

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०५:३३
हजुरको प्रतिक्रिया