२०८३ साउन २१ गते बिहीबार

रियल मड्रिडका बेन्जिमालाई बालोन डि’ओर अवार्ड

रियल मड्रिडका बेन्जिमालाई बालोन डि’ओर अवार्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १ गते मंगलबार ०८:४२

यो अवार्ड पछिल्लो १३ सिजनमा लिओनल मेस्सीले ७ र क्रिष्टियानो रोनाल्डोले ५ पटक जितेका छन् ।

काठमाडौं । रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले पहिलो पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।

गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका बेन्जिमाले ४४ खेलमा ४६ गोल गरेका थिए । यो पटक बालोन डि’ओरका लागि शीर्ष तीनमा परेका मध्ये बार्यन म्युनिखका साडियो माने दोस्रो र म्यानचेष्टर सिटीका केभिन डिब्रुयेन तेस्रो स्थानमा रहे ।

यो अवार्ड पछिल्लो १३ सिजनमा लिओनल मेस्सीले ७ र क्रिष्टियानो रोनाल्डोले ५ पटक जितेका छन् ।

बेन्जिमा, जिनेदान जिदानपछि यो अवार्ड पाउने पहिलो फ्रान्सेली फुटबलर हुन् । जिदानले सन् १९९८ मा यो अवार्ड पाएका थिए । सोमबार पेरिसमा आयोजित समारोहमा बेन्जिमाले प्रतिष्ठित अवार्ड पाउँदा जिदान पनि उपस्थित थिए ।

प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार ०८:४२
हजुरको प्रतिक्रिया