२०८३ साउन २१ गते बिहीबार

बीटीएस ब्याण्ड सन् २०२५ मा मात्र संगीतमा फर्कने

बीटीएस ब्याण्ड सन् २०२५ मा मात्र संगीतमा फर्कने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १ गते मंगलबार ०१:०५

‘ब्याण्डका सबै सदस्य सैन्य तालिमको प्रतिबद्धता पूरा गरेपछि सन् २०२५ मा पुनः सांगीतिक कार्यमा फर्कनेछन् भन्नेमा हामी आशावादी छौं ।’

काठमाडौं । दक्षिण कोरियाको विश्वचर्चित सांगीतिक समूह बीटीएसका सबै सदस्य चाँडै आफ्नो देशको सैन्य सेवामा आबद्ध हुने भएका छन् ।

दक्षिण कोरियाको कानुन अनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवाले दुई वर्ष सैन्य तालिम लिनुपर्छ । एक जना बाहेक बीटीएस ब्याण्डका सबै सदस्यको उमेर २८ भएकाले पनि नियम पालना गर्नुपर्ने जरुरी भएको हो ।

जसकारण आगामी दुई वर्षसम्म बीटीएसले सांगीतिक प्रस्तुति दिनेछैन । दक्षिण कोरिया यस्तो देश हो जुन सधैं युद्ध क्षेत्रअन्तर्गत पर्छ । यसको उत्तर छिमेकी उत्तर कोरियासँग दक्षिणबीच आणविक युद्धलाई लिएर सधैं तनाव हुने गरेको छ ।

युद्ध भइहालेको परिस्थितिमा आवश्यक पर्ने जनशक्तिलाई ख्याल गर्दै दक्षिण कोरियाले १८ देखि २८ वर्ष उमेर समूहका नागरिकले अनिवार्य सैन्य तालिम लिनुपर्ने नियम ल्याएको छ ।

बीटीएस ब्याण्डका व्यवस्थापकले यसबारे सञ्चारमाध्यमसँग भनेका छन्, ‘ब्याण्डका सबै सदस्य सैन्य तालिमको प्रतिबद्धता पूरा गरेपछि सन् २०२५ मा पुनः सांगीतिक कार्यमा फर्कनेछन् भन्नेमा हामी आशावादी छौं ।’

तर केही दक्षिण कोरियाली कानुन निर्माताले चाहिं बीटीएस अन्तर्राष्ट्रिय स्टार्स भएकाले उनीहरुलाई नियमबाट छूट दिनुपर्ने सुझाव सरकारलाई दिएका थिए । ब्यांगटन व्याइज नामले समेत चिनिने बीटीएस संसारकै चर्चित सांगीतिक समूह हो ।

प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार ०१:०५
हजुरको प्रतिक्रिया