२०८३ असोज २३ गते शुक्रबार

जुडोमा आर्मी च्याम्पियन, मिक्स टिम इभेन्टमा पनि स्वर्ण जित्यो

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०१:५५

घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन ।

पोखरा । नेपाल आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्न सफल भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विहीबार भएको मिक्स टिम इभेन्टमा एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हासिल गरेको हो । मिक्स टिममा स्वर्ण पदक जितेको आर्मी प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण पदक जित्दै जुडोको च्यम्पियन बनेको हो । कुल १५ प्रतिस्पर्धा भएको थियो ।

स्वर्णको खाता खोल्ने दाउमा रहेको एपिएफ रजतमा सिमित भएको छ । वाग्मती प्रदेश र प्रदेश नम्बर १ ले कास्य पदक जिते । मिक्स टिम इभेन्टमा ५ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहेको थियो । जुरीको निर्णायक अस्विकार गर्दै लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले म्याट छाडेका थिए । विवाद समाधान नभएपछि यि दुई टिमले खेल छाडेका छन् । जुडो संघले भने दुवै टिमलाई अयोग्य ठहर गरेको छ ।

पहिलो चरणको खेलमा लुम्बिनी प्रदेश र वाग्मती प्रदेश आमनेसामने भएका थिए । नेपाल पुलिस क्लबले नेपाल आर्मीसँग खेलको थियो । तिनै खेलमा जुरीको निर्णय अस्विकार गरेपछि अयोग्य घोषित भएका हुन् ।
नेपाल आर्मीले ९ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ७ कास्य पदक जित्यो ।

लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य जितेको छ । मधेश प्रदेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, १ कास्य जितेको छ । प्रदेश नम्बर १ ले ३ कास्य जितेको हो । सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १/१ कास्यमा चित्त बुझाएका छन् ।

घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन । जुडोमा खाता नखोल्न गण्डकी एक मात्र टिम हो ।

 

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०१:५५
हजुरको प्रतिक्रिया