२०८३ कात्तिक ११ गते मंगलबार

श्रीमतीकाे हत्या अभियोगमा श्रीमान पक्राउ

श्रीमतीकाे हत्या अभियोगमा श्रीमान पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०३:०७

गत असोज २७ गते आफ्नै घरमा श्रीमानको कुटाइबाट घाइते भएकी विष्णुकुमारीको भोेलिपल्ट मृत्यु भएको थियो ।

ताप्लेजुङ

ताप्लेजुङमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका वडा नं ३ हाङ्पाङका ४५ वर्षीय विद्याराज यक्सो लिम्बु पक्राउ परेका छन् । लिम्बुसँगै प्रहरीले उनका छोरा २१ वर्षीय मनोज यक्सो लिम्बुलाई पनि पक्राउ गरेको छ ।

 

दाउरा प्रहारबाट गम्भीर घाइते भएकी लिम्बुकी श्रीमती विष्णुकुमारीको मृत्यु भएपछि प्रहरीले बाबु र छोरालाई पक्राउ गरेको बताएको छ । गत असोज २७ गते आफ्नै घरमा श्रीमानको कुटाइबाट घाइते भएकी विष्णुकुमारीको भोेलिपल्ट मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पक्राउ परेका बाबुछोरालाई ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढेको छ ।

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०३:०७
हजुरको प्रतिक्रिया