२०८३ साउन २१ गते बिहीबार

चाइनापुलबाट खसेका युवकको उपचारका क्रममा मृत्यु

चाइनापुलबाट खसेका युवकको उपचारका क्रममा मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १६ गते शुक्रबार ०३:३१

पाेखरा । आज बिहान पोखराको पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेका युवकको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा उनको आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी...

पाेखरा । आज बिहान पोखराको पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेका युवकको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा उनको आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

अन्दाजी २१ वर्षीय युवकलाई सेतीको खोंचमा घाइते अवस्थामा देखेपछि पैदलयात्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई प्रहरीले उद्धार गरेको थियो । हालसम्म युवकको पहिचान खुल्न नसकेको प्रवक्ता हमालले जानकारी दिएका छन् ।

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०३:३१
हजुरको प्रतिक्रिया