२०८३ साउन २१ गते बिहीबार

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ४ गते शुक्रबार ०९:५२

मृतक चेपाङ जनता आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिईन् ।

तनहुँ 

बन्दीपुर गाँउपालिकामा आज बिहानै चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर ३ चिलाउनेबेसीकी ११ वर्षीया दिना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

 

चिकित्सक समेत रहेका थापाका अनुसार घर नजिकै रहेको सानिमाको घर जाने क्रममा चितुवाले  बालिकालाई आक्रमण  गरेकाे हाे । मृतक चेपाङ जनता आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् ।

 

वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणबाट तनहुँमा एक दर्जन बढी बालबालिकाले ज्यान गएको छ । सुरुमा भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक थियो । अहिले यस क्षेत्रमा केही न्यूनीकरण भए पनि आबुँखैरेनी, बन्दीपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतंक बढेको छ ।

 

२०७४ पछि भानुमा छ, आबुँखैरेनीमा एक, बन्दीपुरमा चार र शुक्लागण्डकीमा दुई गरी १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँको तथ्यांक छ ।

प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०९:५२
हजुरको प्रतिक्रिया