पोखरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका उम्मेदवारलाई भोट नहालनु भनेको सुसाइड जस्तै भएको बताएका छन् ।
पाँच दलीय गठबन्धन आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले भने,‘ निर्वाचनमा हसिया हथौंडामा भोट हाल्दिन, रुखमा भोट हाल्दिन, कमलमा भोट हाल्दिन भनेको सुनेको छु, गठबन्धनलाई भोट नहाल्नु सुसाइड जस्तै हो ।’ गठबन्धनलाई विश्वास नगर्ने हो भने गठबन्धन भित्रको कसैले पनि चुनाव नजित्ने बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रतिगमनको खतरालाई परास्त गर्नका लागि मिल्नुको विकल्प नभएको जिकिर गरे ।
‘गठबन्धनका उम्मेदवारलाई भोट दिने कि नदिने भनेर मनमा पाप पलाए पाप धुरीबाट कराउँछ,’ प्रचण्डले भने,‘स्थिरताबाहेक हाम्रो कुनै स्वार्थ छैन । अर्कोतर्फ प्रतिगामी, राजावादी छन् जो देशलाई खण्डित गर्न चाहन्छन्, त्यसका विरुद्ध हाम्रो गठबन्धन हो ।’
प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०१:३५