२०८३ साउन २१ गते बिहीबार

सनिबार पाेखरामा थप १८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

सनिबार पाेखरामा थप १८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १७ गते शनिबार ०७:२४

पाेखरा । सनिबार पाेखरामा थप १८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख भए अनुसार सनिवार गण्डकी प्रदेशमा २९ जना संक्रमित थपिएका छन । याे संगै गण्डकी...

गण्डकी प्रदेशमा संक्रमित हुनेकाे संख्याले ४ हजार पार गर्याे

पाेखरा । सनिबार पाेखरामा थप १८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख भए अनुसार सनिवार गण्डकी प्रदेशमा २९ जना संक्रमित थपिएका छन । याे संगै गण्डकी प्रदेशमा संक्रमित हुनेकाे कुल संख्याले ४ हजार पार गरेकाे छ । गण्डकी प्रदेशमा संक्रमित हुनेकाे संख्या ४ हजार १५ पुगेकाे छ ।

सनिवार संक्रमित हुनेहरूमा पाेखरा महानगरपालिका १७ का ५ जना, पाेखरा ४ का २ जना, ६ का २ जना, ८ का २ जना, पाेखरा १० का २ जना, वडा नखुलेका १ जना तथा पाेखरा ५, १३, १६ र २४ का एक एक जना रहेका निर्देशनालयले जनाएकाे छ ।

यस्तै, सनिवार गाेरखामा ५ जना, लमजुङमा २ जना, तनहुँमा २ जना, स्याङजा र म्याग्दीमा एक एक जना संक्रमित बनेका छन ।

प्रकाशित मिति २०७७ असोज १७ गते शनिबार ०७:२४
हजुरको प्रतिक्रिया