२०८३ साउन २१ गते बिहीबार

टी २० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अफगानिस्तानलाई हरायो

टी २० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अफगानिस्तानलाई हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ५ गते शनिबार ०९:०५

समूह ए काे खेलमा न्युजिल्यान्ड र इंग्ल्याण्डले विजयी सुरुवात गर्दै समान २/२ अंक जाेडेका छन् ।

अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको छ । अफगानिस्तानले पहिले ब्याटिङ गरेर दिएको १ सय १२ रनको लक्ष्य इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेटायो ।

इंग्ल्याण्डका लागि उसका दायाँ हाते ब्याट्सम्यान लिभिङ स्टोनले सर्वाधिक २९ रन बनाए । त्यस्तै एडी हेल्सले १९, बटलरले १८, मलानले १८, मोइन अलीले ८, ब्रुकले ७ तथा स्टोक्सले २ रन बनाए ।

आज भएकाे अर्काे खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई हराएकाे छ । समूह ए काे खेलमा न्युजिल्यान्ड र इंग्ल्याण्डले विजयी सुरुवात गर्दै समान २/२ अंक जाेडेका छन् ।

प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार ०९:०५
हजुरको प्रतिक्रिया