२०८३ साउन २१ गते बिहीबार

क्रिकेटर लामिछानेको अनुसन्धान गर्न फेरि म्याद थप

क्रिकेटर लामिछानेको अनुसन्धान गर्न फेरि म्याद थप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ६ गते आइतबार १२:३८

गत भदौ २१ गते एक नाबालिगले आफूलाई सन्दीपले जर्वजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

काठमाडौंं

क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धान गर्न फेरि म्याद थप भएको छ । बलात्कार आरोप लागेका लामिछाने गौशालाको प्रहरी हिरासतमा छन् । काठमाडौं जिल्ला अदालतले आज आइतबार २ दिन म्याद थप गरेको हो । यस अघि थपिएको चार दिनको म्याद सकिएपछि लामिछानेलाई प्रहरीले आइतबार अदालत उपस्थित गराएको हो ।

गत भदौ २१ गते एक नाबालिगले आफूलाई सन्दीपले जर्वजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । लामिछानेले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले सरकारी वकिलको रोहवरमा प्रहरी समक्ष होटलमासँगै बसेको तर बलात्कार नगरेको बताएका छन् ।

उजुरी पर्दा नेपाल बाहिर भएका लामिछाने असोज २० गते नेपाल फर्किएका हुन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका थियो ।

प्रकाशित मिति २०७९ कात्तिक ६ गते आइतबार १२:३८
हजुरको प्रतिक्रिया