२०८३ साउन २१ गते बिहीबार

टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ७ गते सोमबार ०२:५२

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।

आईसीसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो ।

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।

नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिए । होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । उसका आफिफ हुसेनले सर्वाधिक ३८ रन बनाए ।

नेदरल्यान्ड्सका पाउल भान मेकरेन र बास डि लिडेले दुईरदुई विकेट लिए । आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बावे खेल्दै छन् ।

प्रकाशित मिति २०७९ कात्तिक ७ गते सोमबार ०२:५२
हजुरको प्रतिक्रिया