२०८३ साउन २१ गते बिहीबार

ऋषि सुनक बने बेलायतका प्रधानमन्त्री

ऋषि सुनक बने बेलायतका प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ८ गते मंगलबार ०५:५४

यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् ।

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । राजा चार्ल्स तृतीयलाई भेटेसँगै सुनक औपचारिक रुपमा प्रधानमन्त्री बनेका हुन् ।

 

कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् ।

उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री पनि हुन् । डाउन स्ट्रिटबाट देशका नाममा सम्बोधन गरेका ऋषिले आफ्नो पूर्ववर्तीले गरेका केही गल्तीलाई सुधार्न तत्काल सुरु गर्ने बताएका छन् ।

प्रकाशित मिति २०७९ कात्तिक ८ गते मंगलबार ०५:५४
हजुरको प्रतिक्रिया