२०८३ कात्तिक १० गते सोमबार

पोखरामा १० बर्षीय बालकसहित थप ३६ जनामा काेराना पुष्टि

पोखरामा १० बर्षीय बालकसहित थप ३६ जनामा काेराना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १९ गते सोमबार ०१:५२

पाेखरा । साेमबार पाेखरामा थप ३६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो १ : १५ बजेसम्म जारी गरेकाे विज्ञप्तीका अनुसार पाेखराका ३६ सहित गण्डकी प्रदेशमा ३८ जना संक्रमित भएका...

गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ४ हजार २ सय १३ पुग्यो

पाेखरा । साेमबार पाेखरामा थप ३६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो १ : १५ बजेसम्म जारी गरेकाे विज्ञप्तीका अनुसार पाेखराका ३६ सहित गण्डकी प्रदेशमा ३८ जना संक्रमित भएका छन ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  २७ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ११ जना संक्रमितहरु भेटिएका हुन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा १० बर्षीय बालकसहित १६ र १८ बर्षीय किशाेर किशाेरीसमेत संक्रमित बनेका छन ।  जस अनुसार  पोखरा ६ का १८ बर्षीय किशाेरी, पोखरा ७ मा १६ बर्षीय किशोर र ७३ बर्षीया महिला, पोखरा ९ मा ५३ बर्षीय पुरुष,  पोखरा १० मा ३३ बर्षीय एक महिलासहित १० बर्षीय बालक र ६८ बर्षीय पुरुष गरि ३ जना, पोखरा ११ मा ४६ बर्षीय पुरुष, १६ मा ७२ बर्षीय पुरुष, १७ मा ५३ बर्षीय पुरुष संक्रमित बनेका हुन ।

यस्तै, क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणक्रममा गण्डकी प्रदेशमा संक्रमित भएका २७ जनामा पाेखराकाे फेवासिटी हस्पिटलमा उपचाररत पाेखरा १४ का ५१ बर्षीय पुरूष, पोखरा -१२ का पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक  ३६ बर्षीय पुरुष लगायत रहेकाे निर्देशनालयले जनाएकाे छ । साेमबार थप भएका अन्य संक्रमितहरूमा पाेखरा ३ का मात्रै १० जना पुरूष रहेका छन ।

याे संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२१३ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ०१:५२
हजुरको प्रतिक्रिया